हुलाक कार्यालयमा ४२ केजी चिठ्ठीपत्र थन्कियो
जिल्ला हुलाक कार्यालयमा महिनौँदेखिका चिठ्ठीपत्र थन्किएका छन् । कार्यालय प्रमुख सीता दुवाडीले नेपाल वायुसेवा निगमले फाप्लु विमानस्थलमा उडान नभर्दा ४२ केजी चिठ्ठीपत्र कार्यालयमा नै थन्किएको जानकारी दिए ।
हप्ताको दुई दिन आइतबार र मङ्गलबार काठमाडौँ–फाप्लु उडान भर्दै आएको निगमले गत असोज १३ गतेदेखि उडान भर्न सकेको छैन । गत चैत ११ गतेपछि निगमले सो दिन पहिलो पटक उडान भरेको थियो ।
निजी हवाई कम्पनीका विमानले भने धमाधम उडान भरिरहेका छन् । समिट एयर फाप्लुका प्रमुख मिङ्मार शेर्पाका अनुसार उडान शुरु भएदेखिनै फाप्लु–काठमाडौँ यात्रुको चाप पनि उच्च रहेको छ ।
अहिले काठमाडौँ–फाप्लुका लागि सो एयरले आइतबार र बिहीबार तथा तारा एयरले सोमबार र बुधबार नियमित उडान भरिरहेका छन् । निगमका महाप्रबन्धक प्रकाश पौडेलले कर्मचारी अभावले निगमले उडान भर्न नसकेको जानकारी दिए ।
कर्मचारीको अभावले निगमका दुई जहाजले पूर्वका ताप्लेजुङ, भोजपुर, खानीडाँडा र थामखर्क विमानस्थल खोटाङबाहेक उडान भर्न नसकेको जनाइएको छ । प्रविधिको विकाससँगै हुलाकमार्फत पछिल्लो समय निजीभन्दा पनि सरकारी पत्र बढी आदान प्रदान हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समिति गठन गरी निकास दिन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
-
मौद्रिक नीतिबारे नाडा : आंशिक सुधार सकारात्मक
-
पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप
-
बागमती प्रदेशसभाको ६ वटा समितिले आज सभापति पाउँदै
-
ललितपुरमा चोरी गर्ने समूह पक्राउ, सुन र मोबाइल पसलका सञ्चालक पनि समातिए
-
दलीय भागबन्डाका लागि ‘चोर बाटोबाट’ विशेषाधिकार समिति गठन