प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन् : बाइडेन
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टिनीहरूले पीडा भोगिरहेको बताउँदै गाजामा तुरुन्तै सहायता बढाउन आवश्यक रहेको स्वीकार गरेका छन्। सहायताको पहिलो खेप समुद्री मार्गबाट गाजा आइपुगेको जानकारी दिँदै बाइडेनले यस्तो बताएका हुन् ।
बाइडेनले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट लेखेका छन्, ‘यो स्पष्ट छ कि प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन्। तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौँ ।’
यसअघि अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप आइपुगेको पुष्टि गरेको थियो। अमेरिकाले भन्यो, ‘गाजामा प्यालेस्टिनी नागरिकहरूलाई सहयोग गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ। समुद्रबाट पठाइने यो सहायता पूर्णतया मानवीय हो।’ अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण