सदन खुलाउने विषयमा सभामुखले शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्दै
शनिबार, ०५ जेठ २०८१, ०९ : ३७
काठमाडौँ । सभामुख देवराज घिमिरेले आज दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सदनमा देखिएको अवरोध खुलाउने विषयमा छलफलका लागि शीर्ष नेताहरुलाई उनले आफ्नै निवासमा बोलाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाइएको हो ।
कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण