पश्चिम जाजरकोटको छेडागाड नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालन
पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ शय्याको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् । सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायीरुपमा संरचना निर्माण गरी कामको शुरुआत गरिएको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए ।
सङ्घीय सरकारको रु एक करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै शुरु हुने प्रमुख महताराले जानकारी दिए । केही दिनमै चिकित्सकको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ । अहिले सदरमुकामस्थित जिल्ला अस्पतालबाट चिकित्सकलाई ल्याएर सेवा दिन लागिएको छ । एक मेडिकल अधिकृत, दुई नर्ससहित १५ जना कार्यरत रहने छन् । ल्याब, एक्सरे सेवासमेत सञ्चालनमा आउने बताएको छ ।
तीन सय ९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषणा गरी काम शुरु गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिए । १५ मङ्सिरमा सबै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतले जानकारी दिए ।
देशैभरिमा छेडागाड नगरपालिकाले पहिलोपटक नगर अस्पताल उद्घाटन गरेर सबैलाई उछिनेको छ । पन्ध्र शय्याको अस्पतालमा रु १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिए । देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि रु २५ करोड बजेट पठाएको समेत उनले बताए । स्वास्थ्य मन्त्रालयले निकै काम गरेको तर केही मान्छेले सो काम नदेखेको मन्त्री रावतको भनाइ थियो । कर्णालीका अधिकांश ठाउँमा ५० शय्याको अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ । छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका पश्चिम जाजरकोटमा पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण