ह्यारी भण्डारीद्वारा दोस्रो कार्यकालको लागि उम्मेदवारीको घोषणा
अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट विधान सभा सदस्यमा विजयी भएका नेपाली मुलका अमेरिकी ह्यारी भण्डारीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने भएका छन् । उम्मेदवारी घोषणाको साथै कोष वृद्धि कार्यक्रममा एकै बसाइमा २६ हजार डलर सङ्कलन समेत भएको छ ।
विधान सभा सदस्य भण्डारीले प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत आफू उम्मेदवारी दिने भएको जानकारी दिएका थिए ।
उक्त जुम कार्यक्रममा विभिन्न विशेष व्यक्तिहरुले उनलाई सहयोग गर्ने घोषणा गरी कूल २६ हजार डलर संकलन गरेको जानकारी आतिथ्य गरेका व्यवसायी ध्रुव वन्तले गराएका थिए । उपस्थित भएका दर्जनौँ विभिन्न पेशामा संलग्न व्यक्तिहरुले मन्तव्य राखेका थिए ।
सबैले पुन: एक पटक भण्डारीलाई जिताउनु पर्ने भन्दै के कस्तो सहयोग गर्न सकिन्छ भन्दै आर्थिक सहयोगको साथै पूर्ण सहयोग गर्ने बताएका थिए ।
भण्डारीले आफूले नेपाली समुदायलाई पनि सक्दो सहयोग गरेको र आफूले गरेका काम बारेमा संक्षेपमा प्रकाश पर्दै पुन :एक पटक सहयोग मागेका थिए । भण्डारी अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य विधान सभा सदस्यको रुपमा खाता खोल्ने व्यक्ति हुन् ।
नेपालको पर्वत जिल्लाबाट उनी सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण