लाइफ इन्सुरेन्सले साढे १० प्रतिशत लाभांश दिने
बिहीबार, ११ मङ्सिर २०७७, १२ : ०३
लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आफ्ना लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समीतिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । एलआइसी नेपालले अघिल्लो आर्थिक वर्ष (२०७४–७५) लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिएको थियो ।
सञ्चालक समीतिले प्रस्ताव गरेको लाभांश नियामक बिमा समीति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले पाउँनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो