
साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य कीर्ति कुमार जोशीको निधन

काठमाडौं । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडमा सञ्चालक रहँदै आएका सञ्चालक कीर्ति कुमार जोशीको ७५ वर्षको उमेरमा मंसिर ९ गते निधन भएको छ । जोशीको कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको जनाइएको छ ।
जोशी साल्ट ट्रेडिङ्ग कर्पाेरेशनअन्तर्गतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यू उद्योग लिमिटेडमा सञ्चालक रही काम गरेका थिए ।
कर्पाेरेशनले जोशीको निधनको खबरले कर्पाेरेशन परिवारलाई दुःखी बनाएको र कर्पाेरेशनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साल्ट ट्रेडिङ्गका संस्थापक लोकनाथ जोशीका नाति स्वर्गिय कीर्ति कुमार जोशीका श्रीमती र दुई जना छोराहरु छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ