शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले भारतीय सीमामा गोली चलायो, दुुई जवानको मृत्युु

शुक्रबार, १२ मङ्सिर २०७७, १६ : ५९
शुक्रबार, १२ मङ्सिर २०७७

एजेन्सी । पाकिस्तानले सीमा क्षेत्रमा गोली चलाउँदा दुई भारतीय जवानको मृत्यु भएको छ । शुक्रबार पाकिस्तानले जम्मू–कास्मिरस्थित राजौरी जिल्लामा भारी गोलाबारी गरेको भारतको रक्षा मन्त्रालयले जनाएको हा । रक्षा मन्त्रालयका अनुसार सुन्दरबनी सेक्टरमा पाकिस्तानले गोली चलाएको हो ।  

यसक्रममा दुई जवान नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखबीर सिंह गम्भिर घाइते भएका थिए । उनीहरुको मृत्यु भएको छ । यस हमलापछि भारतीय सेनाले पनि जवाफी हमला गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि बिहीबार दिउँसो १ बजेर ३० मिनेट जाँदा पाकिस्तानले पुन्छ जिल्लास्थित किरनी, कस्बा र शाहपुर सेक्टरम साना हतियार प्रयोग गर्दै गोलाबारी गरेको थियो । 

यस हमलामा सेनाका सूबेदार स्वतन्त्र सिंह मारिएका थिए भने अर्का एक सर्वसाधारण घाइते भएका थिए । पाकिस्तानी सेनाले केही दिनअघि मात्रै डिगवार, मालती र दल्लन इलाकामा पनि युद्धविराम उल्लंघन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप