आज चीनका रक्षामन्त्री नेपाल आउँदै
आइतबार, १४ मङ्सिर २०७७, ०७ : २८
काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै छन् । फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आउने भएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।
त्यस्तै उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी आज साँझ नै फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा मलामी बोकेको गाडी दुर्घटना, १८ जना घाइते
-
व्यासको मतगणनामा के भएको थियो २ वर्षअघि ?
-
आईपीएलमा आज : राजस्थानलाई शीर्ष दुईमा स्थान पक्का गर्ने अवसर
-
सत्ता गठबन्धनले पार्टी विभाजन गरेको जसपा नेपालको निष्कर्ष
-
गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ४०, आलु रातोको ५२ रुपैयाँ (सूचीसहित)
-
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार