आलाभेसमाथि रियलको गोल वर्षा
मड्रिड । हालै लिग च्याम्पियन बनेको रियल मड्रिडले आफ्नो घरेलु मैदानमा डिपोर्टिभो आलाभेसमाथि गोल वर्षा गरेको छ । मंगलबार राति भएको खेलमा रियल ५–० गोलले विजयी बनेको हो ।
खेलको १० औँ मिनेटमा नै टोनी क्रुसको पासमा जुड बेलिङहमले रियललाई अग्रता दिलाए । लिगमा उनको यो १९ औँ गोल थियो । उनी अब कुनै पनि बेलायती खेलाडीले ला लिगाको एकै सिजनमा सर्वाधिक गोल गर्ने ग्यारी लिनेकरको रेकर्डभन्दा मात्र एक गोलले पछि रहेका छन् । लिनेकरले सन् १९८६-८७ मा बार्सिलोनाका लागि २० गोल गरेका थिए ।
२७ औँ मिनेटमा बेलिङहमको पासमा भिनिसियस जुनियरले टोलीका लागि दोस्रो गोल गरे । पहिलो हाफको अन्त्यमा फेडे भालभर्डेले तेस्रो गोल थपे ।
दोस्रो हाफमा पनि रियलले गोल वर्षा जारी राख्यो । ७० औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरे भने ८१ औँ मिनेटमा युवा खेलाडी आर्डा गुलेरले अर्को गोल थप्दै टोलीलाई शानदार जित दिलाए ।
अब रियल सन् १९८९-८९ सिजनमा हासिल गरेको ३१ वटा अपराजित खेलको रेकर्डभन्दा मात्र एक खेल टाढा रहेको छ । ३६ खेलबाट टोलीले २९ खेलमा जित, ६ मा बराबरी र १ खेलमा हार बेहोर्दै ९३ अङ्क बटुलेको छ । आलाभेस समान खेलबाट ४२ अङ्क बटुल्दै ११ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण