आईपीएलमा आज : राजस्थानलाई शीर्ष दुईमा स्थान पक्का गर्ने अवसर
गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६५ औँ खेलमा आज राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्दैछ । खेल राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।
दुवै टोली यो सिजनमा दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा राजस्थानले पञ्जाबलाई उसैको घरमा ३ विकेटले पराजित गरेको थियो ।

राजस्थान आजको खेल जितेर शीर्ष-२ मा रहेर लिग चरण पूरा गर्न चाहन्छ। जबकि पञ्जाब पहिले नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ।
राजस्थानको १२ खेलमा ८ जित र ४ हारबाट १६ अङ्क छ । टोली अङ्क तालिकाको दोस्रो स्थानमा छ । उता पञ्जाब तालिकाको पुछारमा १० औँ स्थानमा छ । टोलीले १२ खेलमा ४ जित र ८ हारबाट ८ अङ्क जोडेको छ ।
- राजस्थान हेड टु हेडमा अगाडि
यी दुई टोलीबिच अहिलेसम्म २७ वटा आईपीएल खेल भइसकेका छन् । जसमध्ये राजस्थानले १७ जित हात पारेको छ भने पञ्जाबले १० खेल जितेको छ । गुवाहाटीमा दुवै टोली एकपटक आमनेसामने भएका छन् । उक्त खेल पञ्जाबले ५ रनले जितेको थियो ।

- सामसन उत्कृष्ट फर्ममा
राजस्थानका कप्तान सञ्जु सामसन टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १२ खेलमा ४८६ रन बनाएका छन्, जसमा ५ अर्धशतक समावेश छ । टिमका लागि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक १५ विकेट लिएका छन् ।
- पञ्जाबका लागि शशांकको सर्वाधिक रन
पञ्जाबका शशांक सिंह, जोनी बेयरस्टो र प्रभसिमरन सिंह राम्रो लयमा छन् । टोलीका लागि शशांक सिंहले सर्वाधिक ३५२ रन बनाएका छन् । बलिङमा हर्षल पटेल शीर्ष स्थानमा छन् । उनले १२ खेलमा २० विकेट लिएका छन् ।

- टिम अपडेट
राजस्थान रोयल्सका ओपनर जोस बटलर आजको खेलमा खेल्ने छैनन् । बटलर अब आईपीएल २०२४ मा भाग लिने छैनन् । उनी इङ्ल्याण्ड फर्केका छन्। राजस्थानले उनी इंग्ल्याण्ड फर्किएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेको छ ।
यसैबिच, इङ्ल्याण्डका अलराउन्डर लियाम लिभिङ्स्टन पनि पञ्जाब क्याम्पबाट घर फर्किएका छन् । जुनमा हुने टी–२० विश्वकपअघि आफ्नो घुँडाको चोट निको पार्न उनले यो निर्णय लिएका हुन् ।
- पिच रिपोर्ट
गुवाहाटीको बार्सपारा क्रिकेट रंगशालाको पिच ब्याटिङमैत्री छ । अहिलेसम्म यहाँ उच्च स्कोरका खेल मात्रै देखिएका छन् ।
_oU5janBPsI.webp)
यहाँ अहिलेसम्म आईपीएलका २ खेल मात्रै खेलिएका छन् । दुवैमा पहिलो इनिङ्समा ब्याटिङ गर्ने टिमले जित निकालेको थियो । यहाँको उच्चतम टिम स्कोर १९९/४ हो, जुन राजस्थानले गत सिजन दिल्ली क्यापिटल्स विरुद्ध बनाएको थियो।
- मौसमको अवस्था
बुधबार गुवाहाटीको मौसम राम्रो रहने छैन। बिहान केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । त्यहाँ वर्षाको सम्भावना ४० प्रतिशत छ। खेलको दिन यहाँको तापक्रम २६ देखि ३६ डिग्री सेल्सियससम्म रहन सक्छ।
- दुवै टोलीको सम्भावित प्लेइङ-११
राजस्थान रोयल्स : सञ्जु सामसन (कप्तान र विकेटकिपर), यशस्वी जैसवाल, टम कोहलर-क्याडमोर, रायन पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, आर आश्विन, ट्रेन्ट बोल्ट, आवेश खान, सन्दीप शर्मा र युजवेन्द्र चहल।
इम्प्याक्ट प्लेयर : नान्द्रे बर्जर/रोभम्यान पावेल।
पञ्जाब किंग्स: साम करन (कप्तान), प्रभसिमरन सिंह, जोनी बेयरस्टो (विकेटकिपर), रिले रुसो, शशांक सिंह, जितेश शर्मा, आशुतोष शर्मा, हर्षल पटेल, कागिसो रबाडा, राहुल चाहर र अर्शदीप सिंह।
इम्प्याक्ट प्लेयर : हरप्रीत ब्रार।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण