बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लिग उपाधिबाट सिटी एक जित टाढा

बुधबार, ०२ जेठ २०८१, ०९ : ३५
बुधबार, ०२ जेठ २०८१

लन्डन । टोटनह्याम हटस्पर्सलाई हराउँदै म्यानचेस्टर सिटी लगातार चौथो ऐतिहासिक प्रिमियर लिग उपाधिबाट एक जित नजिक पुगेको छ । मंगलबार टोली २–० गोलले विजयी बन्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा अर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई राहत दिए । ५१ औँ मिनेटमा केभिन डी ब्रुयनाको पासमा टोलीलाई अग्रता दिलाएका हालान्डले इन्जुरी समयमा पेनाल्टीबाट दोस्रो गोल थपे । यो सिजन उनको यो ३८ औँ गोल पनि थियो ।

एक खेल बाँकी छँदा सिटी ८८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ८६ अङ्क छ । अब आइतबार घरेलु मैदानमा वेस्ट ह्यामलाई हराए टोलीले लिग उपाधि जित्नेछ । उपाधि हात पारे टोली लगातार चार पटक प्रिमियर लिग जित्ने पहिलो टोली बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप