लिग उपाधिबाट सिटी एक जित टाढा
बुधबार, ०२ जेठ २०८१, ०९ : ३५
लन्डन । टोटनह्याम हटस्पर्सलाई हराउँदै म्यानचेस्टर सिटी लगातार चौथो ऐतिहासिक प्रिमियर लिग उपाधिबाट एक जित नजिक पुगेको छ । मंगलबार टोली २–० गोलले विजयी बन्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा अर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई राहत दिए । ५१ औँ मिनेटमा केभिन डी ब्रुयनाको पासमा टोलीलाई अग्रता दिलाएका हालान्डले इन्जुरी समयमा पेनाल्टीबाट दोस्रो गोल थपे । यो सिजन उनको यो ३८ औँ गोल पनि थियो ।
एक खेल बाँकी छँदा सिटी ८८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ८६ अङ्क छ । अब आइतबार घरेलु मैदानमा वेस्ट ह्यामलाई हराए टोलीले लिग उपाधि जित्नेछ । उपाधि हात पारे टोली लगातार चार पटक प्रिमियर लिग जित्ने पहिलो टोली बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण