चितवनमा ‘परदेशी- २’
काठमाडौं । फिल्म ‘परदेशी –२’ युनिट यतिबेला चितवन पुगेको छ । सुटिङका लागि अघिल्लो दिन पाल्पा पुगेको निर्माण युनिट बाँकीको छायाँकन सकाउन चितवन पुगेको हो । केही दिनको चितवन छायाँकनपछि निर्माण युनिट जनकपुरतिर लाग्ने निर्माण युनिटले जनाएको छ ।
लामो समय अमेरिका बसेर फर्किएकी अभिनेत्री बर्षा शिवाकोटीले फिल्मको सुटिङ सुरु गरेकी छन् । उनले बिहिबार चितवन पुगेर फिल्मको सुटिङ ज्वाइन गरेकी हुन् । नारायण रायमाझीको निर्देशन रहेको फिल्ममा दीलिप रायमाझी, प्रकाश सपूत, केकी अधिकारी, बर्षा शिवाकोटी नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारको मुख्य अभिनय रहनेछ ।
रमेश विजीको कथा, निर्देशक रायमाझी र राजेश वंशलको निर्माण रहेको फिल्मको छायाँकन गत चैत्रमा कोरोनाको कारण रोकिएको थियो । फिल्मले विभिन्न कारणले विदेशीने नेपालीको कथा बिषयबस्तुका रुपमा उठाउन खोजेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता