शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बीबीसी मास्टर सेफको उत्कृष्ट ८ मा नेपाली सेफ सन्तोष

बुधबार, २४ मङ्सिर २०७७, १४ : ००
बुधबार, २४ मङ्सिर २०७७

विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके प्रतियोगिता २०२० ’ मा सहभागीता जनाउँदै आएका नेपाली सेफ सन्तोष साह सेमिफाइनल राउण्डबाट पनि छनौट भएका छन् । 

मंगलबार साँझ बीबीसी वानमा प्रसारित  दोस्रो चरणको प्रतिस्पर्धीमा अन्य प्रतिस्पर्धीहरुलाई  पछि पार्दै उत्कृष्ट ८ मा पर्न सफल भएका हुन् ।  उक्त राउन्डमा  सन्तोषले रोस्टेड काँक्रोको बिँया, पोलेको कटहरको बिँया, बन तरुल, प्याजको अचार, स्याउको चट्नी लगायतका परिकारको सफल प्रदर्शनी गरेका थिए ।  

उनी सेमिफाइनल राउण्डबाट अघि बढ्दै अघिल्लो राउण्डका लागि छनोट भएका छन् ।  भोलि १० तारिख विहीबार ८ जना सेमीफाइनलिष्ट प्रतियोगीबीचमा अर्को चरणको प्रतिस्पर्धा गराएर फाइनल राउन्डको लागि ६ जनालाई छनौट गरिनेछ । प्रतियोगिताको फाइनल राउण्ड आगामी डिसेम्बर १७ तारिख हुनेछ । उक्त प्रतियोगितामा सहभागिता जनाउने सन्तोष साह नै पहिलो नेपाली हुन् । 

यसअघिका प्रतियोगितामा सन्तोषले टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र  टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर  बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन्  ।
 करिब दुई दशक भारतीय कुजिनमा काम गरे पनि अहिले नेपाली खानालाई विश्वसामू पुर्याउने  लक्ष्य लिएर उनी अघि बढेका छन् । नेपाली खाना ओझेलमा परेको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अभियान थालेका हुन् ।

पूर्वी तराईको सिरहा कर्जन्हवामा जन्मिएका सन्तोष पारिवारिक एवम् आर्थिक अवस्थाका कारण सानै उमेरमा रोजगारी खोज्दै भारत हुँदै हाल विगत एक दशकदेखि बेलायतमा नस्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप