आजबाट सवारीसाधनमा लागू गरेको जोरबिजोर प्रणाली हट्यो
शुक्रबार, ०३ पुस २०७७, ०७ : २२
काठमाडौँ – आजबाट काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनमा लागू गरेको जोरबिजोर प्रणाली हटेको छ ।
सार्वजनिक यातायातमा यात्रुको भीड बढ्न थालेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पहलमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
यातायातकर्मी, व्यवसायी र यात्रुहरुले पछिल्लो समय सार्वजनिक यातायातमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाउन माग गर्दै आएका थिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर रायले आजबाट लागू हुनेगरी सवारीसाधनमा लागू भएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिए ।
सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत : बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
-
सभापति लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
-
गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान (तस्बिरहरू)
-
अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
-
चुनौतीका बिच पूर्वराजा शाहको क्यारिकेचर गरेका थिए प्रेमले