आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठकमा ३ मन्त्रीले गरे प्रधानमन्त्रीको प्रतिवाद, तपाईंहरुको कुरा सुनेँ भन्दै हिँडे ओली

आइतबार, ०५ पुस २०७७, १२ : ०१
आइतबार, ०५ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा गरेपछि ३ मन्त्रीले प्रतिवाद गरेका छन् । ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले ओलीको उक्त प्रस्तावको प्रतिवाद गरेका हुन् । 

उनीहरुले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाँदा जनमतको अपमान हुने, असैवधानिक हुनेजस्ता गर्न गर्दै प्रतिवाद गरेका थिए । 
तर ओलीले कुनै तर्क नगरी तपाईँहरुको कुरा सुनेँ भन्दै हतारहतार निर्णय गराएर हिँडेका थिए । 

बैठकमा सहभागी एक मन्त्रीले तीन मन्त्रीले प्रतिवाद गर्दा ओलीले कुनै सुनुवाइ नगरी ‘तपाईँहरुको कुरा सुनेँ, अब म हिँडे’ भन्दै बैठक सकिएको घोषणा गरेको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप