प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।
प कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको उल्लासमय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गरेका थिए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेलेकार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरुलाई आफ्नो पेशामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधै सहजीकरण गर्ने बताए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले आफ्नो पेशामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखि कार्य गर्न प्रोत्साहन गरे ।
कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्ताहरुलाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा विक्रीकला सम्बन्धी तालिम प्रदान गरेका थिए । कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेललगायतको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण