शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आइतबार, २३ वैशाख २०८१, १० : ४९
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्यमा पनि स्थिरता कायम हुँदै प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप