शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रेलका स्टेसन मास्टर निदाएपछि ...

आइतबार, २३ वैशाख २०८१, १० : ३६
आइतबार, २३ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय रेल ढिला हुने घटना नौलो होइन । कहिले प्राविधिक गडबडीका कारण त कहिले खराब मौसमका कारण रेल घण्टौँसम्म अड्किरहन्छन् । तर, आगरा डिभिजनको एक स्टेसनमा एउटा रेलले हरियो झन्डाका लागि आधा घण्टासम्म कुर्नु पर्‍यो । स्टेसन मास्टर मस्त निदाएपछि रेल अगाडि बढ्न नसकेको हो ।

यो घटना उत्तर प्रदेशको इटावा नजिकैको उदी मोड रेलवे स्टेसनमा भएको हो । ड्युटीमै रहेको बेलामा स्टेसन मास्टर निदाएपछि पटना–कोटा एक्सप्रेस रेल झन्डै आधा घण्टासम्म ग्रीन सिग्नल पर्खेर बस्नु पर्‍यो । स्टेसन आगरा डिभिजन अन्तर्गत पर्दछ । यस घटनामा ठुलो दुर्घटना त भएन । तर घटनालाई गम्भीरतापूर्वक लिएर आगरा रेलवे डिभिजनले स्टेसन मास्टरसँग लापरबाहीको कारण माग गरिएको छ ।

‘हामीले स्टेसन मास्टरलाई चार्जशीट जारी गरेका छौँ र अनुसन्धानात्मक कारबाही भइरहेको छ,’ आगरा रेलवे डिभिजनका जनसम्पर्क अधिकारी (पीआरओ) प्रशस्ति श्रीवास्तवले भनेका छन् । घटना भएको स्टेशनबाट भएर झाँसीबाट प्रयागराज जाने रेल पनि चल्थ्यो । स्टेसन मास्टरको लापरबाहीका कारण ठुलो घटना हुन सक्थ्यो । 

रेलको लोको पायलटले स्टेसन मास्टरलाई ब्युँझाउन बारम्बार हर्न बजाउनुपरेको थियो । स्टेसन मास्टरले आफ्नो गल्ती स्वीकारेर माफी मागेको बताइएको छ । ड्युटीमा रहेको पोइन्टम्यान ट्र्याक निरीक्षण गर्न गएकाले आफू एक्लै भएको उनको स्टेसन मास्टरले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप