रेलका स्टेसन मास्टर निदाएपछि ...
नयाँ दिल्ली । भारतीय रेल ढिला हुने घटना नौलो होइन । कहिले प्राविधिक गडबडीका कारण त कहिले खराब मौसमका कारण रेल घण्टौँसम्म अड्किरहन्छन् । तर, आगरा डिभिजनको एक स्टेसनमा एउटा रेलले हरियो झन्डाका लागि आधा घण्टासम्म कुर्नु पर्यो । स्टेसन मास्टर मस्त निदाएपछि रेल अगाडि बढ्न नसकेको हो ।
यो घटना उत्तर प्रदेशको इटावा नजिकैको उदी मोड रेलवे स्टेसनमा भएको हो । ड्युटीमै रहेको बेलामा स्टेसन मास्टर निदाएपछि पटना–कोटा एक्सप्रेस रेल झन्डै आधा घण्टासम्म ग्रीन सिग्नल पर्खेर बस्नु पर्यो । स्टेसन आगरा डिभिजन अन्तर्गत पर्दछ । यस घटनामा ठुलो दुर्घटना त भएन । तर घटनालाई गम्भीरतापूर्वक लिएर आगरा रेलवे डिभिजनले स्टेसन मास्टरसँग लापरबाहीको कारण माग गरिएको छ ।
‘हामीले स्टेसन मास्टरलाई चार्जशीट जारी गरेका छौँ र अनुसन्धानात्मक कारबाही भइरहेको छ,’ आगरा रेलवे डिभिजनका जनसम्पर्क अधिकारी (पीआरओ) प्रशस्ति श्रीवास्तवले भनेका छन् । घटना भएको स्टेशनबाट भएर झाँसीबाट प्रयागराज जाने रेल पनि चल्थ्यो । स्टेसन मास्टरको लापरबाहीका कारण ठुलो घटना हुन सक्थ्यो ।
रेलको लोको पायलटले स्टेसन मास्टरलाई ब्युँझाउन बारम्बार हर्न बजाउनुपरेको थियो । स्टेसन मास्टरले आफ्नो गल्ती स्वीकारेर माफी मागेको बताइएको छ । ड्युटीमा रहेको पोइन्टम्यान ट्र्याक निरीक्षण गर्न गएकाले आफू एक्लै भएको उनको स्टेसन मास्टरले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण