अन्ततः फुटतर्फ नेकपा
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकटका सांसदको भेला राखेर प्रतिनिधिसभा विघटन गर्नुका कारण र औचित्यबारे प्रकाश पार्दै सबैलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीका विरुद्ध हस्ताक्षर गर्ने चार जना सांसदहरू ओलीले बोलाएको भेलामा सहभागी भएका छन् । उनीहरूले दाहाल पक्षले आफूहरूको हस्ताक्षरको दुरुपयोग गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो हस्ताक्षरबिना पार्टीका कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् । नेकपाका हरेक निर्णयमा अध्यक्षको हस्ताक्षर हुनुपर्ने बताउँदै उनले हस्ताक्षरबिनाको निर्णयले वैधानिकता नपाउने भएकाले बैठकको निर्णयको कुनै अर्थ नहुने स्पष्ट पारे ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बानेश्वरमा आफू निकट सांसदहरूको भेला गरी छुट्टै रणनीति तय गरेका छन् ।
विघटित संसद्का सांसदको भेला गरेका ओली र दाहाल–नेपाल समूहले आज मंगलबार आफू निकटका केन्द्रीय सदस्यको भेला गर्दै छन् । आफ्नै दलका नेताहरूले आफ्नो विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै संसद् विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।
संसद् बैठक बोलाउन माग
यसैबीच नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समूहले बानेश्वरमा गरेको सांसद भेलाले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
भन्सार विभागका महानिर्देशक भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै पाण्डेलाई निमित्तको जिम्मेवारी
-
गण्डकीमा घटे कण्डम प्रयोगकर्ता, बढे एचआईभी सङ्क्रमित
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण