भन्सार विभागका महानिर्देशक भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै पाण्डेलाई निमित्तको जिम्मेवारी
मङ्गलबार, १६ असार २०८३, १४ : १३
सारांश
- भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी अर्थ मन्त्रालयमा तानिएका छन्।
- भरतमणि पाण्डेलाई भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ।
- बजेट भाषणअघि रसुवा भन्सारमा भएको गाडी जाँच पासमा त्रुटि देखिएपछि भण्डारीलाई मन्त्रालय तानिएको बुझिएको छ।
काठमाडौँ । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयबाट भण्डारीलाई सोमवार मन्त्रालय तानिएको थियो ।
भण्डारी २०८२ भदौ १ गतेदेखि महानिर्देशकको जिम्मेवारीमा गएका थिए। बजेट भाषणअघि जेठ १५ आसपास रसुवा भन्सारबाट भएका गाडी जाँच पासमा त्रुटि देखिएपछि १३ कर्मचारीलाई कारबाही गरिएको थियो ।
भन्सार नाकामा बजेट भाषण अघि देखिएको त्रुटि प्रकरणमा विभागीय प्रमुखलाई पनि नैतिक जिम्मेवार बनाउन भन्दै उनलाई मन्त्रालयमा तानिएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
-
लागुऔषधसहित पाँच जना पक्राउ
-
ओलीका अगाडि खेलाडीले देखाए खेलकला, तस्बिरहरू
-
पार्टी एकता हुँदैन, अपहरित लोकतन्त्र फर्काउन संयुक्त सङ्घर्ष जरुरी : केपी ओली
-
१५ वर्ष कैद सजायका फरार कैदी कपिलवस्तुबाट पक्राउ
-
हलिउड निर्देशक कार्ल एरिकलाई साढे दुई वर्षकाे जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण