कोरोनाको नयाँ प्रकारले बढायो संसारभरीको चिन्ता, डब्ल्यूएचओको नयाँ बयान
बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाा प्रकारले संसारभरीको चिन्ता बढाइरहेको छ । थुप्रै देशले बेलायतमा यात्रा प्रतिबन्ध लगाइदिएको छ ।
४० बढी देशले बेलायतबाट कसैलाई पनि आउन रोक लगाएको छ । यसैबीच युरोपेली संघले एक साझा नीति बनाउनेबारे छलफल गरिरहेको छ ।
डेनमार्कमा पनि कोरोनाको नयाँ प्रकार भेटिएको छ । तत्पश्चात् स्विडेनले डेनमार्कबाट यात्रा प्रतिबन्ध लगाइदिएको छ ।
भाइरसको नयाँ स्टेन बढी संक्रामक छ तर यो बढी घातक छ भन्ने प्रमाण भने हालसम्म भेटिएको छैन ।
एकातिर बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सूची बढ्दै छ भने अर्कोतर्फ विश्व स्वास्थ्य संगठनले नयाँ प्रकारको खतराको विषयमा महत्वपूर्ण कुरा गरेको छ ।
डब्ल्यूएचओ इमर्जेन्सी चीफ माइक रायनले महामारीको फैलावटको क्रममा नयाँ स्ट्रेन भेटिनु सामान्य कुरा बताउँदै यो अनियन्त्रित भने नभएको बताएका छन् । जबकी आइतबार बेलायतका स्वास्थ्य सचिव म्याट हेनककले नयाँ प्रकारका लागि अनियन्त्रित शब्दको प्रयोग गरेका थिए ।
थुप्रै देशले दक्षिणी अफ्रिकाबाट आउने मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइरहेको छ । वास्तवमा त्यहाँ पनि भाइरसको अर्को एउटा भेरियेन्ट भेटिएको छ जुन बेलायतमा भेटिएको भेरियन्टभन्दा भिन्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण