शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सोनापुर मिनरल्स एण्ड आयलको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

बिहीबार, ०८ माघ २०७७, १८ : ४५
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यस कम्पनीेसँग उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा रहेको कम्पनीको दावी छ ।

उक्त सम्झौतामा निपेश तायल (प्रबन्धक सञ्चालक, सोनापुर मिनरल्स एण्ड आयल), मेख बहादुर थापा (नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबीएल एस क्यापिटल) रसचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक, एनआईबीएल एस क्यापिटल)ले मिति २०७७ माघ ०७ गते हस्ताक्षर गरेका छन् । यस कम्पनीले २ करोड कित्ता शेयर स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप