शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : विभागीय टोली पुलिस क्लब र एपिएफ क्लब विजयी

बिहीबार, ०८ माघ २०७७, २० : २३
बिहीबार, ०८ माघ २०७७

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब आआफ्नो खेलमा विजयी भएका छन् । पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले तथा एपिएफले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३१० रन बनायो । तीन सय ११ रनको विजय लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ५० ओभरमा सात विकेट गुमाउँदै २३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि सुनील धमलाले १०४ रनको शतकीय पारी खेल्नुभयो । उहाँले  १४४ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे । 

यस्तै दीपेन्द्रसिंह ऐरीले ६१ बलमा छ छक्का र एक चौकाको मद्दतमा ८५ रनको योगदान दिए । अमित श्रेष्ठले २८, आरिफ शेखले अविजित २९ तथा पवन शर्राफले १३ बलमा ५० रन बनाउनुभयो । शर्राफले छ छक्का तथा एक चौका प्रहार गरे । बलिङतर्फ लुम्बिनीका लागि कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले एक एक विकेट लिए। 

जवाफी ब्याटिङ गर्ने क्रमा लुम्बिनीका लागि देव खनालले ४९, सन्दीप रजालीले ४०, राजविर सिंहले २४, कृष्ण कार्कीले अविजित ४० तथा सौरभ खनालले ७४ रन बनाउनुभयो । बलिङतर्फ पुलिसका रासिद खान र पवन सर्राफले दुई÷दुई विकेट लिए । 

यसैगरी मुलपानी क्रिकेट मैदानमा आजै सम्पन्न अर्को खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ । टस जितेर एपिएफले पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गर्दै गण्डकीले ४६ ओभरमा सवै विकेट गुमाउँदै १०६ रन बनायो । 

एक सय सात रनको विजयी लक्ष्य एपिएफले १७ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । एपिएफका लागि आसिफ शेखले ७८ रनको अर्धशतकीय पारी खेल्नुभयो । यस्तै सुमित महर्जनले १८ रन बनाए ।

बलिङतर्फ गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले दुई÷दुई विकेट लिए । यसअघि पहिला ब्याटिङ गर्ने क्रममा गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै दिनेश बुढामगरले १२, विष्णु पाण्डेले १५ तथा दीपेश खत्रीले पनि १५ रन नै बनाउनुभयो । बलिङतर्फ एपिएफका लागि कमलसिंह ऐरीले चार तथा अविनास बोहोरा र शरद भेषवाकरले दुई ÷दुई विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप