अमेरिकामा पहिलो संक्रमित भेटिएको ठिक एक वर्षपछि बिरामीको संख्या २.५ करोड पुग्यो, ३६५ दिनमा ४.१५ लाखको मृत्यु
अमेरिकामा २० जनवरीमा कोरोनाका कूल संक्रमितको संख्या २.५ करोड नाघेको छ । ठिक एक वर्ष अघि २० जनवरी २०२० मा देशमा पहिलो कोरोना संक्रमितको पुष्टि भएको थियो । ती व्यक्ति चीनको ऊहानबाट फर्किएका थिए । बिरामी भएपछि उनी सिएटलको एक क्लिनिकमा उपचारका लागि पुगेका थिए । यहिँबाट अमेरिकामा यो महामारीको सुरुवात भएको हो ।
अमेरिकामा भाइरस प्रवेश भएको घोषणा गर्दै अधिकारीले मानिसहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए । यद्यपि, यसले मानिसहरुमा खासै खतरा नभएको उनीहरुको मान्यता थियो । त्यसपछि अमेरिकामा बिस्तारै बिस्तारै बिरामीको संख्यामा रेकर्ड स्तरको वृद्धि हुनथाल्यो । सबैभन्दा धेरै संक्रमित र सबैभन्दा धेरै मृत्युको मामिलामा यो देश शीर्ष स्थानमा आयो । हरेक दिन यो आँकडा बढ्दै गयो । हाल संसारभरी भेटिएका संक्रमित मध्ये अमेरिकामा मात्रै २५ प्रतिशत संक्रमित छन् । कोरोनाको नयाँ प्रकारको खतरा यहाँ बढी नै रहेको आशंका छ ।
पहिलो पाँच हप्तामा ४५ जना मात्रै संक्रमित थिएः
अमेरिमा पहिलो पाँच हप्तामा कोरोनाका ४५ जनामात्रै संक्रमित थिए । त्यतिबेलासम्म कसैको पनि मृत्यु भएको थिएन । यस्तै पछिल्लो पाँच हप्तामा अमेरिकामा ७४ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । यतिबेला एक लाखभन्दा बढीको ज्यान गयो । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ८४ हजार २३७ नयाँ संक्रमित भेटिए भने ४,३५७ जनाको मृत्यु भएको छ ।
मृत्युको मामिलामा यो दोस्रो सबैभन्दा खराब दिन थियो । यसै दिन अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले देशको सत्ता सम्हाले र कोरोनाको विषयमा उत्कृष्ट तथा प्रभावकारी तरिकाले अपनाउने बचन पनि दिएका थिए ।
कोरोनाको मामिलामा अमेरिकाका केही रेकर्डः
– सबैभन्दा धेरै संक्रमित – २.५ करोड
– सबैभन्दा धेरै मृत्यु – ४.१५ लाख
– सबैभन्दा धेरै स्वास्थ्यलाभ – १४.९७ लाख
– सबैभन्दा धेरै संक्रमित भएको राज्य – क्यालिफोर्निया (३० लाख)
– सबैभन्दा धेरै संक्रमित भएको काउन्टी – लस एन्जिल्स (१०.३८ लाख)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण