ओलीले घुँडा नटेकेसम्म जनता सडकमै बस्छन् : झलनाथ खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने र जनता सडकबाट फिर्ता नहुने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले सो कुरा बताएका हुन् ।
‘केपी ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व हुन्’, खनालले भने, ‘जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन रोकिँदैन ।’ उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई उनले राजनीतिक कदम भनेपनि त्यो घटना राजनीतिक हुनै नसक्ने दावी गरे ।
ओलीले बालुवाटारमा बसेर बालुवाटारकै समुह नेकपा आधिकारिक पार्टी भन्ने गरेको भन्दै खनालले एक पटक सडकमा आएर हेर्न आग्रह गरे ।
‘म केपी ओलीलाई सडकमा आएर हेर्न आग्रह गर्छु । कुन पार्टी आधिकारिक हो भन्ने कुरा,’ उनले संसदको पुर्नस्थापनाको विकल्प नभएको पनि बताए । उनले नेपालका न्यायमुर्तिहरुले नेपालका जनताले के भन्दैछन् भनेर सुनिरहेको भन्दै निर्वाचन आयोग पनि हुकुमी शासनले नबनाएको बताए ।
‘यो निर्वाचन आयोग हुकुमी शासनले बनाएको होइन । यो त संविधानले बनाएको आयोग हो । यसले सविधान र विधान अनुसार निर्णय गर्छ’, खनालको भनाइ छ ।
उनले निर्वाचन आयोगले पनि प्रचण्ड र माधव नेपाल अध्यक्ष रहेको नेकपालाई नै आधिकारिकता दिनेमा दुईमत नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
