शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको होटलमा बास बसेका एक युवा मृत भेटिए

शुक्रबार, ०९ माघ २०७७, २० : २३
शुक्रबार, ०९ माघ २०७७

पोखरा । पोखराको एक होटलमा बास बसेका एक युवा मृत अवस्थामा फेलापरेका छन् । 

पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीबगरस्थित होटल चारगोलको कोठा नम्बर १०२ मा बास बसेका पोखरा १७ छोरेपाटनका ४३वर्षीय ईश्वर गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।

विहीबार बेलुका बास बस्न गएका उनी शुक्रबार विहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप