तीन रात सहनै नसकिने दुखाइसँग संघर्ष गरेः वरिष्ठ मुटुरोग सर्जन डा.कोइराला
वरिष्ठ मुटुरोग सर्जन प्रा. डा. भगवान कोइरालाले आफ्नो मिर्गौलाको पत्थरीको शल्यक्रियापछि बिरामी हुँदाको आफ्नो अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेको ४ दिनपछि जीवनको पाठ सिकेको डा. कोइरालाले बताएका हुन् ।
ह्याम्स अस्पतालमा बुधबार शल्यक्रिया गरेका उनले फेसबुकमा जीवन अनिश्चित भन्दै सबैलाई राम्रो काम गर्न अनुरोध गरेका छन् । मेरो पेसागत जीवनमा २४ घण्टासम्म फोन नउठाएको पहिलोपल्ट थियो । तीन रात सहनै नसकिने गरी भएको दुखाइसँग संघर्षरत थिएँ । मूत्रनली र मिर्गौलामा ४ मिमिको दुई वटा साना पत्थर थिए । शरीरमा यस्तो थियो भन्ने कहिल्यै थाहा थिएन ।
मेरा लागि पाठ
– जीवन अनिश्चित छ, राम्रा काम गर,
– तपाईंका साथीहरु र परिवारको प्रार्थना र कामना निकै हदसम्म काम गर्न सक्छ,
– बाँकी सम्पूर्ण जो जसले मलाई मनैदेखि स्वास्थ्य कामना गर्नुभयो उहाँहरु सबैलाई अनि मेरो उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण