शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाको नयाँ स्ट्रेन कति घातक ? प्रधानमन्त्रीको बयानले निम्त्यायो विवाद

आइतबार, ११ माघ २०७७, १५ : ४७
आइतबार, ११ माघ २०७७

बेलायतमा कोरोना भाइरसको नयाँ रुपमा विषयमा उठेका प्रश्नबारे देशका वैज्ञानिक र विशेषज्ञहरुले प्रतिप्रश्न गरेका छन् । प्रधानमन्त्री बोरिस जोनसोनले कोरोना भाइरसको नयाँ स्ट्रेनलाई लिएर बयान दिएपछि यो सवाल–जवाफको शृंखला सुरु भएको हो । 

जोनसोनले भाइरसको नयाँ रुप पहिलेभन्दा अधिक घातक हुनसक्ने बताएका थिए । वर्ष २०२० को अन्त्यमा कोरोना भाइरस संक्रमणका जति पनि मामिला बाहिर आए, त्यस आधारमा हेर्दा नयाँ स्ट्रेन घातक हुनसक्ने अभिव्यक्ती उनले दिएका थिए । 

प्रधानमन्त्रीले न्यु एन्ड इमर्जिङ रेस्पिटेरी भाइरस थ्रेट्स एडभाइजरी ग्रुपका विशेषज्ञहरुद्धारा उपलब्ध गराइएका आँकडाका आधारमा यो अभिव्यक्ति दिएका थिए । बेलायतमा भाइरसको यस रुपबाट बचाउनका लागि लगाइँदै आएको खोप प्रभावकारी रहेको पनि उनले बताएका थिए । बेलायतमा फाइजर–बायोनटेक र अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई प्राथमिकताका आधारमा मानिसहरुलाई लगाइँदै आएको छ । 

जहाँसम्म प्रधानमन्त्री बोरिस जोनसोनको अभिव्यक्तिको कुरा छ, यसबारे बेलायतको पब्लिक हेल्थका मेडिकल निर्देशक डाक्टर योवोन डोयले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनका अनुसार वर्षको अन्त्यमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार पहिलेको तुलनामा अधिक घातक हो या होइन भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । 

अन्य शोधकर्ताहरु पनि यही मान्छन् । उनीहरुका अनुसार कोरोना भाइरसको नयाँ प्रकार अधिक घातक भन्नु हतारो हुनेछ । यसबाट धेरै मृत्यु भएको आशंका गर्नुपनि हतारो नै हुने उनीहरुको तर्क छ । बेलायतमा सार्वजनिक भएको नयाँ रिपोर्टअनुसार कोरोना भाइरसको नयाँ प्रकारको संक्रमणबाट मृत्यु हुने ६० वर्ष आयुुमाथिका मानिसहरुको संख्या औसत १ हजारमा १० छ, जबकी पुरानो प्रकारले १ हजारमा ३ जनाको ज्यान लिएको थियो । त्यसैगरी ४० वर्षमाथिका मानिसहरुमा यो संख्या १ हजारमा दुई छ, जबकी पुरानोे भाइरसमा यो संख्या औसत २ दशमलव ५ थियो । 

प्रधानमन्त्री जोनसोनले कोभिड १९ को नयाँ प्रकार र यसको बढ्दो फैलावटका कारण स्वास्थ सेवाहरुमा जर्बदस्त दबाब थोपरिएको चेतावनी देशवासीहरुलाई दिएका छन् । पछिल्लो २४ घण्टामा बेलायतमा ४० हजार नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ अधिकारीहरुका अनुसार नयाँ स्वरुपको कोरोनाको संक्रमण पुरानो संक्रमणको दाँजोमा ३० देखि ७० प्रतिशत बढी देखिएको छ । त्यसैकारण देशका धेरै हिस्सामा लकडाउन गरिएको छ । 

संसारमा कोरोनाबाट अत्यधिक संक्रमित हुने देशको सुचीमा बेलायत पाँचौ स्थानमा छ । वल्र्डोमिटरको आँकडाअनुसार यहाँ अहिलेसम्म कुल ३६ ला १७ हजार ४ सय ५९ जना संक्रमित भइसकेका छन् । त्यस्तै, ९७ हजार ३ सय २९ जनाको मृत्यु भइसकेको छ । अत्यधिक प्रभावित देशको सुचीमा अमेरिका पहिलो, भारत दोस्रो, ब्राजिल तेस्रो र रुस चौथो स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप