ad
केन्द्रीय संस्करण
खगोल जानकारी

पत्याउन गाह्रो छ तर मर्दै गइरहेको छ यो आकाशगंगा

person explore access_timeमाघ ११, २०७७ chat_bubble_outline0

 

 

 

डर नलाग्ने मानिस शायद नै कोही  होला।  तर के हामीले कहिल्यै विचार गरेका  छौ अंततः डरको सम्बन्ध केसंग छ ? ल यसैबारे सोची हेर्नुस।  'शर्ट वे', 'लॉन्ग वे' जताबाट विचारयात्रा प्रारम्भ गरे पनि पुग्ने 'डेस्टिनेशन' भने एउटै हुन्छ र त्यो हो मृत्यु।  डरको प्रत्यक्ष /अप्रत्यक्ष सम्बन्ध मृत्युसँग नै गाँसिएको छ।

चाहे आफूलाई मन परेको फिल्मी डायलॉग सम्झिनुस् अथवा पुस्तकका पंक्ति ! मृत्यु नै अन्तिम सत्य र निष्पत्ति परिभाषित भएको पढ्नु नै भएको होला। मृत्यु  अर्थात अवस्था अथवा स्वरुप परिवर्तन, यो प्रकृतिमा रहेका सबै प्राणी मात्र होइन, वस्तुसँग पनि घटित हुने प्रक्रिया हो।

अहिलेको कोरोनाभाइरसलाई नै  हेरौ ! यसलाई जीवित र जड़, प्राणी अथवा वस्तु दुबै भन्न मिल्छ। 'होस्ट' कोशिकामा पुगेपछि यसले प्राणी झैं, जीवित झैं आचरण गर्छ तर 'होस्ट' कोशिका नभेटेसम्म यो फगत प्रोटिन हो, न्यूक्लिक एसिड हो अर्थात जड़ हो, वस्तु हो । जड़ र चेतनको बीचको एउटा कड़ी हो भाइरसभन्दा फरक पर्दैन। पृथ्वीमा सबै किसिमका जीवनको प्रारम्भ  नै आरएनए–डीएनएबाट भएको हो। अब तपाईंलाई भनी राख्नु परेन मृत्यु त कोरोनाभाइरसको पनि हुन्छ, एक वर्षदेखि साबुन पानीले हात धुने, स्यानिटाइज़र, इम्यून सिस्टम, एन्टीबड़ी, प्लाज्मा अदिबारे सुनेर तपाईंलाई कोरोना 'डिसइन्टीग्रेड' हुन्छ भन्ने विदित नै छ।

कोरोना मर्छ, हामी पनि मर्छौं अर्थात सानोदेखि ठूलो सबैको मृत्यु हुन्छ। विज्ञान लेखनले मलाई कता कता लेख्ने क्रममा पाठकसंग संवाद गर्दै लेख्ने बानी लागेको छ।  यसलाई तपाईंहरुले कुन रूपमा लिनु हुन्छ अहिलेसम्म थाहा छैन। के तपाईंलाई थाहा छ ब्रह्माण्डमा  सबैभन्दा सानो र ठूलो वस्तु के हो ? सोच्दै गर्नुस म प्रसंग अगाडि बढाउछु।

भर्खरै पृथ्वीका वैज्ञानिकले ९ अर्ब प्रकाशवर्ष टाढा हेर्दा, त्यहाँ पनि मृत्यु घटित भइरहेको  जानकारी प्राप्त भएको छ। ताराहरुको मृत्यु हुनेबारे रातोपाटीका पाठकलाई विदित नै छ। मानिस जस्तै तारा पनि मर्छन्। कुनै दिन हाम्रो सूर्य पनि मर्छ।  यसै  तथ्यलाई आत्मसात गर्न सके  हामी आफ्नो सम्भावित मृत्युको भय, आतंक, त्रास, डर, चिन्ता, प्रकोपबाट केही मात्रामा भए पनि निर्धक्क हुन सक्छौं।

वैज्ञानिकहरुले ९ अर्ब प्रकाश वर्ष टाढा रहेको एउटा आकाशगंगा मर्दै गइरहेको पत्ता लाएका छन्। आजसम्म अर्थात यसभन्दा पहिला मरिरहेको आकाशगंगाको अवलोकन गर्ने सफलता पाइएको थिएन। यस्तो सफलता पहिलो पटक पाइएको हो। 

https://simple.wikipedia.org

 अटाकामा लार्ज मिलीमीटर /सब मिलीमीटर टेलिस्कोप ( Atacama Large Millimeter/submillimeter Array – ALMA) बाट यो जानकारी हात  लागेको हो।  चिलीको अटाकामा मरुभूमि क्षेत्रको ५ हजार मीटर अग्लो पठारमा रहेको ६६  वटा टेलिस्कोपको समूह 'भेरी लार्ज एरे' ( VLA )  इलेक्ट्रोम्यागनेटिक रेडिएसनलाई सबमिलीमीटर स्केलमा अध्ययन गर्न सक्ने रेडियो इन्टरफेरोमीटर प्रविधिको संजाल हो। २०११ मा स्थापित यस टेलिस्कोपले अति सूक्ष्म स्तरमा अध्ययन /अवलोकन गर्न सक्छ। यस टेलिस्कोपबाट ९ अर्ब प्रकाश वर्ष  टाढाको Id2299  नामक आकाशगंगाभित्र रहेको  इन्धन समाप्त हुँदै गई रहेको र विस्तारै यो आकाशगंगा मृत्युतिर धकेलिदै गई रहेको ज्ञात हुन आएको छ।

अनुसन्धानमा यस आकाशगंगाले आफूभित्र रहेको ४६ प्रतिशत ग्यास गुमाइसकेको थाहा भएको छ। यसले प्रतिवर्ष १० हजार तारा बन्ने सामग्रीलाई चिसो ग्याँसका रूपमा उत्सर्जन गरिरहेको छ। जब कुनै आकाशगंगामा नयाँ तारा बन्ने क्रम रोकिन्छ र त्यहाँबाट तारा बन्ने सामग्री चिसो ग्याँसका रूपमा बहिर्गमन हुन थाल्छ, वैज्ञानिकहरु यसलाई नै  आकाशगंगाको मृत्यु प्रक्रिया भन्छन्।

हुन त अहिले पनि यस आकाशगंगामा नया तारा बनिरहेका छन तर तिनको संख्या न्यून छ।  नया तारा निर्माणभन्दा पुराना ताराको मृत्यु प्रतिशत बढी छ।  यी  नयाँ बन्ने ताराले भने यस आकाशगंगाको मृत्यु झन नजिक ल्याइरहेका छन्।  कारण नयाँ तारा बन्ने प्रक्रियामा आकाशगंगामा रहेको इन्धन झन छिट्टै कम हुँदै जान्छ र यस्तो परिस्थिति  हुँदा त्यहाँ रहेका इन्धन र अन्य सामग्रीको झनै तीव्र प्रयोग हुन्छ, साथै चिसो ग्यासका रूपमा आकाशगंगा बाहिर उत्सर्जन हुन्छ। यसले गर्दा यस आकाशगंगाको मृत्यु झन झन निकट आउँदै जान्छ।

इङ्गल्याण्डको डरहम  विश्वविद्यालय तथा फ्रान्सको सेश्ले न्यूक्लियर रिसर्च सेन्टरका वैज्ञानिक एनाग्राजिया पुग्लिसीका अनुसार पृथ्वीका वैज्ञानिकले पहिलो पटक सुदूर अन्तरिक्षमा  कुनै विशाल आकाशगंगालाई मृत्यु नजिक पुगेको देखेका छौं।

आकाशगंगा प्रकृतिको सबैभन्दा ठूलो संरचना हो।  एउटा आकाशगंगामा अर्बौ तारा हुन्छन्। ती ताराका सौर्य परिवारमा अनेकौं ग्रह, उपग्रह,  क्षुद्रग्रह, उल्कापिण्ड, पुछ्रे तारा (कमेट) हुन्छन्।  हामी 'मिल्कीवे' नामक आकाशगंगाका निवासी हौं।  यस आकाशगंगामा २००- ४०० अर्ब तारा छन्।  तीमध्येको एउटा ताराको सूर्य परिवारको एउटा ग्रह पृथ्वीका बासिन्दा हौं हामी।

के प्रारम्भमा मैले सोधेको प्रश्न ब्रह्माण्डको सबैभन्दा ठूलो वस्तुको जवाफमा तपाईंले आकाशगंगा सम्झिनु भएको थियो ? मलाई विश्वास छ अधिकांश पाठकले आकाशगंगा नै सोचेका थिए। र, सानो वस्तुबारे ? पक्कै तपाईंहरुले 'सबएटमिक पार्टिकल' नै सम्झिनु भएको हुनुपर्छ।

आकाशगंगाको पनि मृत्यु हुन्छ,  ब्रह्माण्डमा रहेको एउटा आकाशगंगा मृत्यु उन्मुख हुँदै गई रहेको सुनेर तपाईंलाई आनन्द फिल्ममा आनन्द बनेका राजेश खन्नाको  आफ्ना मित्र डाक्टर बनेका अमिताभ बच्चनलाई भनेको त्यो डायलॉग याद आएन - ''बाबू मोशाय ! बाबू मोशाय जिंदगी और मौत ऊपर वाले के हात में है जहाँपनाह ! उसे न आप बदल सकते हैं और न मैं।  हम सब तो रंगमंच की कठपुतलिया हैं जिनकी डोर ऊपर वाले की उंगलियों में बधी हैं कब कौन कैसे उठेगा यह कोई नहीं बता सकता हैं  हाहाहाहा ...''

Title image: https://i1.wp.com/

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.