हुम्लामा चिनियाँ मदिरा बरामद
सोमबार, १२ माघ २०७७, २० : ५४
सुर्खेत । कर्णालीको हिमाली जिल्ला हुम्लामा चिनियाँ मदिरा बरामद गरिएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–४ मा पर्ने खार्पुबाट ठूलो परिमाणमा व्यापारिक प्रयोजनका लागि अवैध रुपमा ल्याइएको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको हो ।
खार्पुबाट खच्चरमा वडा नम्बर–१ लालीतर्फ ल्याउँदै गरेको १ हजार ३ सय २० बोटल चिनियाँ मदिरासहित लालीका ३८ वर्षीय धीरेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरिराज वाग्लेले थप अनुसन्धान भईरहेको जनाए । मदिरा यसअघि नै चीनबाट भित्रिएको हुन सक्ने र अहिले व्यवस्थापनका क्रममा पक्राउ परेको प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै