शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१६ दिनदेखि युवक बेपत्ता, ससुराली पक्षले बेपत्ता पारेको आफन्तको आरोप

मङ्गलबार, २० माघ २०७७, १० : ५९
मङ्गलबार, २० माघ २०७७

सम्राट सिंह

बझाङका एकजना युवक १६ दिन देखि बेपत्ता भएका छन् । ससुराली दाङ हिँडेका जयपृथ्वी नगरपालिका ४ गोलाइ घर भएका २० वर्षीय लक्ष्मण विक विगत १६ दिनदेखि बेपत्ता छन् । विकले चौध महिनाअघि दाङ तुल्सीपुर नगरपालिका–१८ की गायत्री कुमालसँग विवाह गरेका थिए । श्रीमती भेट्न ससुराली गएका विक बेपत्ता भएपछि उनका आफन्तहरुले ससुराली पक्षहरुले नै बेपत्ता पारेको आरोप लगाइरहेका छन् ।

विवाह भएको पाँच महिनासम्म बझाङ बसेर माइतीघर दाङ हिँडेकी गायत्री बझाङ फर्किन नमानेपछि घरमा लिन भनि गएका छोरा बेपत्ता भएको उनका बुवा हरी विकले बताए । लक्ष्मण र गायत्रीको फोनमा समेत झगडा हुने गरेको र छोरालाई ससुराली बोलाएर ससुराली पक्षले नै बेपत्ता पारेको उनको आरोप छ ।

श्रीमती लिन ससुराली हिँडेका लक्ष्मण बेपत्ता भएपछि खोजीको लागि दाङ प्रहरीमा उजुरी दिएको तर हालसम्म केही पत्ता नलागेको भन्दै परिवार चिन्तामा परेका परेका छन् ।

माघको पहिलो सातातिर काठमाडौंमा रहेका लक्ष्मणलाई गायत्रीले नै फोन गरेर लिन आउन भनेर फोन गरेको उनका दाई गणेश विकले बताए । उनले भने, ‘बुहारीले नै  लिन आउ भनेर फोन गरेर बोलाएकी हुन्, हालसम्म पनि भाइको अत्तोपत्तो छैन । माइती पक्षले नै बेपत्ता पा¥यो कि भन्ने शंका उत्पन्न भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप