बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एनएमबि बैङ्कको वित्तीय सूचकमा ग्रिन सिग्नल, नाफा १.६१ अर्ब र वितरण योग्य नाफा १.५१ अर्ब पुग्यो

सोमबार, २६ माघ २०७७, १४ : ०१
सोमबार, २६ माघ २०७७

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रयमासमा एनएमबि बैङ्कको समग्र वित्तीय सूचकमा ग्रिन सिग्नल देखिएको छ । बैङ्कले यो त्रयमासमा खूद मुनाफा १ अर्ब ६१ करोड पुर्याएको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजनपश्चात शेयरधनीहरुका लागि वितरण योग्य नाफा १ अर्ब ५१ करोड रहेको बैङ्कले जनाएको छ । 

सोही आ.व.को दोश्रो त्रयमाससम्ममा बैङ्कको कूल निक्षेप १ खर्ब ४९ अर्ब र कूल कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ । बैङ्कले यस आ.व. को ६ महिना भित्रमा निक्षेपमा १४.६१ अर्ब र कर्जा तथा सापटमा २१.८८ अर्बले वृद्घि गर्न सफल भएको छ । 

यस बैङ्कको वाणिज्य बैङ्कहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६% बाट बृद्घि भई ३.९५% र कर्जा तर्फ ४.१९% बाट वृद्घि भई ४.४३% पुस मसान्तसम्ममा पुगेको छ । त्यसैगरी, निक्षेपमा भएको वृद्घिमा बचत निक्षेपको हिस्सा ६५% रहेको छ । कर्जा तथा सापट बृद्घि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ । बैङ्कले पुस मसान्तसम्ममा कूल ३,२३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । 

यस आ.व.को पसु मसान्तसम्ममा बैङ्कको पुँजी कोष अनुपात १३.६८% रहेको छ भने निष्कृय कर्जाको अनुपात २.३८% रहेको छ । 

एनएमबि बैङ्क विगत ४ वर्षमा ३ पटक “द बैङ्क अफ दि इयर” बाट सम्मानित भएको छ । विश्व बैङ्क अन्तर्गत रहेको आईएफसीबाट दोश्रो पटक पुनः अमेरिकी डलर २ करोड ५० लाख कर्जाको लागि समझदारी गरिसकेको छ । नेपालमै उक्त संस्थाबाट दुई वर्षमा लगातार कर्जा लिने यो एक मात्र बैङ्क हो ।

यस बैङ्कले गत वर्ष र यस वर्ष गरि दुईविकास बैङ्कहरुलाई मर्ज/प्राप्ती गरि आफ्नो पहुँचलाई विस्तार गरेको छ । बैङ्कले देश भरीमा १८० वटा शाखा, ९ वटा एक्सटेन्सन काउन्टर र १३५ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप