विभिन्न दस्ताबेज पारित गर्दै एकीकृत समाजवादीको बैठक सम्पन्न
बुधबार, ०२ जेठ २०८१, २१ : १७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेजहरू पारित गर्दै सकिएको छ । बैठकले पार्टीका दस्ताबेजसहित विभिन्न समसामयिक प्रस्ताव समेत पारित गरेको एकीकृत समाजवादी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
मंगलबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।
ती दस्ताबेजमाथि बुधबार १२ समूहमा विभाजित भएर केन्द्रीय सदस्यहरूले छलफल गरेका थिए ।
केन्द्रीय समितिले सबै महाधिवेशन प्रतिनिधिहरू चुनिएर आउनुपर्ने निर्णय पनि गरेको छ । सो पार्टीले दसौँ महाधिवेशन आगामी असार १६–२० काठमाडौँमा गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण