नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी
बुधबार, ०२ जेठ २०८१, २० : ३२
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट आउने बताए छन् ।
धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री भण्डारीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मार्ग निर्देश गरेका विषयलाई केन्द्रमा राखेर आगामी आवको बजेट आउने बताए ।
उनले भने, “सरकार बजेटमा केन्द्रित छ । हिजोका दिनमा थुप्रै नीति तथा कार्यक्रमले बजेट नचिन्ने, बजेटले नीति तथा कार्यक्रम नचिन्ने खालका सन्दर्भ थिए । यस पटक सरकारले पूरै नीति तथा कार्यक्रमलाई बल पुग्ने गरी बजेट तय गर्ने छ ।”
रोजगारीका अवसर सिर्जना गर्ने, उद्योगधन्दा सञ्चालन गर्नेलगायतका थुप्रै कार्यक्रम नीति तथा कार्यक्रमले समेटेको मन्त्री भण्डारीले बताए । सरकार राष्ट्रिय मुद्दामा केन्द्रित भएर काम गरिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण