नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनी : तपाईंको सेयर भएको लघुवित्तको अवस्था कस्तो छ ? (विश्लेषण)
नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीमा कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ, कुन— कुन सूचक कसका बलिया छन्, कसका कमजोर छन् भनेर हामीले वित्तीय विश्लेषण गर्न खोजेका छौँ । विश्लेषण चालु आर्थिक वर्षको ६ महिनासम्म (साउन देखि पुससम्म) को तथ्याङ्कलाई आधार मानिएको छ ।
चालु आर्थिक वर्षको (२०७७/७८) दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश लघुवित्त कम्पनीको मूख्य सूचकको रुपमा रहेको नाफा बढेको देखिन्छ । नाफामा छिमेक लघुवित्त अगाडी छ भने प्रतिसेयर आम्दानीमा नेशनल माइक्रोफाइनान्स अगाडी छ । यस्तै जगेडा कोषमा निर्धन उत्थान लघुवित्त अगाडी छ । नाफा, प्रतिसेयर आम्दानी, जगेडाकोष, चुक्तापुँजी लगायतका सूचक एक अर्का लघुवित्तसँग तुलना गरेका छौँ ।
नाफामा छिमेक लघुवित्तको अग्रता
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म छिमेक लघुवित्त नाफा कमाउनेको सूचीमा अग्रस्थानमा छ । यसको नाफा २७.७९ प्रतिशतले बढेर ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । दोस्रोमा डिप्रोक्स लघुवित्त र तेस्रोमा साना किसान लघुवित्तको नाफा बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?