माधवलाई ईश्वरको प्रश्न : यस्तो अनुचित, क्षुद्र र अनैतिक दबाब किन ?
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपालमाथि प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको बारे प्रश्न उठाएका छन् । तत्कालीन मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले संसद् भंग गर्दा अदालतले पुनःस्थापना गरिदिएको घटना नेपाललाई ओली समूहका नेता पोखरेलले स्मरण गराएका हुन् ।
उनले शनिबार साझा ट्वीट गर्दै,'ताजा जनादेशका लागि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो । मनमोहन अधिकारीले अस्वस्थता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो ।'
त्यतिबेला एमालेले अदालतको निर्णयविरुद्ध सडक आन्दोलनको नेतृत्व नेपालले गरेको थियो । उनले यस्तो पृष्ठभूमिसित गाँसिएका नेपालले समेत नैतिकताको हवाला दिएको भन्दै प्रश्न उठाए ।
'यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिँदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दबाब दिइरहेका छन् । यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ?.' पोखरेलको प्रश्न छ ।
संसद्को सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति भन्दै उनको थप प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण