आजको मौसमः देशभर गर्मी बढ्न थाल्यो
हाल उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर मौसम सामान्यतया सफा छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
बिहीबार देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यता, देशभर तापक्रममा वृद्धि देखिएको छ । दिपायलको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस पुगेको छ भने नेपालगञ्जको २९ डिग्रीसम्म पुगेको छ ।
भैरहवा, धरान, विराटनगरमा पनि अधिकतम तापक्रम ३० डिग्रीसम्म सेल्सियस पुगेको छ । काठमाडौँको अधिकतम तापक्रम २५.४ डिग्री सेल्सियससम्म पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
-
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
-
चिनियाँ कम्युनिस्ट पार्टीका आलोचक बनेका घरजग्गा व्यवसायीलाई अमेरिकामा ३० वर्षको जेल सजाय
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
-
पेनाल्टीमा एकैदिन बाहिरिए दुई महारथी
-
पाकिस्तानको आक्रमणबाट अफगानिस्तानमा कम्तीमा २८ सर्वसाधारणको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण