ओली सरकारका दुई महत्त्वपूर्ण सफलता, सिके राउत र विप्लव मूलधारको राजनीतिमा
काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि सत्तामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवधिमा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् । ओलीको कार्यकालमा विभिन्न विवादहरु उत्पन्न भएपनि शान्ति प्रक्रियाका सवालमा भने सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हाँसिल गरेका हुन् ।
प्रधानमन्त्री ओलीले २०७५ फागुन २४ गते पहिलो महत्त्वपूर्ण राजनीतिक सफलता हात पारे । लामो समयदेखि तराई मधेसमा पृथकतावादी अभियान सञ्चालन गर्दै आएका सिके राउतलाई सहमतिमा ल्याउनुलाई प्रधानमन्त्री ओलीको ठुलो सफलता मानिएको छ ।
बिहीबार सरकार र विप्लव समूहबीचको वार्तामा तीन बुँदे सहमतिका साथ सफलतापूर्वक टुङ्गिएको छ । यो सहमतिसँगै विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउने भएको छ । यसलाई पनि प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण सफलताका रुपमा लिइएको छ ।
मूल धारको राजनीतिबाट पृथक बाटोमा हिँडेका सिके राउत र विप्लव समूहलाई सहमतिमा ल्याएर शान्तिपूर्ण राजनीतिक गतिविधिमा केन्द्रित तुल्याउन ओली सरकारले निर्वाह गरेको भूमिकालाई धेरैले स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दि नेपाल डिस्टिलरिजद्वारा उखु खेती र कृषिको बृहत्तर विकासका लागि पहल
-
रोनाल्डोको ६६ औँ ह्याट्रिक
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
-
हालान्डको गोल वर्षा, सिटी लगातार चौथो उपाधि नजिक
-
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
-
नेपाली नोटमा चुच्चे नक्सा : भारतीय विदेशमन्त्रीले भने, ‘एकतर्फी निर्णयले वास्तविकता परिवर्तन हुँदैन’