हालान्डको गोल वर्षा, सिटी लगातार चौथो उपाधि नजिक
म्यानचेस्टर । अर्लिङ हालान्डले प्रिमियर लिगमा पहिलो पटक चार गोल गर्दा म्यानचेस्टर सिटीले वूल्भ्समाथि ५–१ को शानदार जित हासिल गरेको छ । जितसँगै सिटी ऐतिहासिक लगातार चौथो प्रिमियर लिग उपाधि नजिक पुगेको छ ।
तर, शनिबार नै भएको अर्को खेलमा आर्सनलले बोर्नेमाउथलाई हराएपछि सिटीसँग गल्ती गर्ने छुट भने छैन । एक खेल बढी खेलेको आर्सनल ८३ अङ्कसहित तालिकामा शीर्ष स्थानमा रहेको छ । सिटी ८२ अङ्कसहित दोस्रो स्थानमा छ ।
वूल्भ्सविरुद्ध सिटीले खेलको १२ औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । हालान्डले टोलीलाई अग्रता दिलाए । ३५ औँ मिनेटमा उनले दोस्रो गोल गरे । इन्जुरी समयमा सिटीले अर्को पेनाल्टी पायो जसलाई हालान्डले गोलमा परिर्णत गर्दै ह्याट्रिक पूरा गरे ।
दोस्रो हाफको ५३ औँ मिनेटमा ह्वाङ ही चानले वूल्भ्सका लागि एक गोल फर्काए । तर, लगत्तै हालान्डले चौथो गोल गरे । यो सिजन नर्वेजियन खेलाडीको लिगमा २५ औँ गोल थियो । उनी गोल्डन बुटको रेसमा अलेक्सान्डर इसाक र कोल पालमरभन्दा ५ गोलले अघि छन् । खेलको अन्त्यमा जुलियन अल्भारेजले टोलीका लागि पाँचौँ गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण