रोनाल्डोको ६६ औँ ह्याट्रिक
आइतबार, २३ वैशाख २०८१, ०९ : ५९
रियाद । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल नासरले साउदी प्रो लिगमा अल वेहदामाथि गोल वर्षा गरेको छ । अल नासर ६–० गोलले विजयी बनेको हो ।
खेलको पाँचौँ मिनेटमा रोनाल्डोले टोलीलाई अग्रता दिलाए । १२ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । १८ औँ मिनेटमा ओटाभियोले टोलीका लागि तेस्रो गोल गरे । पहिलो हाफको अन्त्यमा साडियो मानेले अल नासरको अग्रता फराकिलो बनाए ।
दोस्रो हाफको ५२ औँ मिनेटमा रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरे । ३९ वर्षीय खेलाडीको करियरको ६६ औँ ह्याट्रिक थियो । खेलको अन्त्यतिर मोहम्मद अल फातीलले गोल गर्दै टोलीको आधा दर्जन गोल पुर्याए ।
३० खेलपछि ७४ अङ्कसहित अल नासर लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको अल हिलाल ८३ अङ्कसहित शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण