शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा प्रहरीद्वारा पाँच किलोभन्दा बढी अफिम बरामद

शुक्रबार, २१ फागुन २०७७, १९ : १५
शुक्रबार, २१ फागुन २०७७

बुटवल । रोल्पा जिल्लाको प्रहरीले ठुलो परिमाणमा लागु औषध अफिम बरामद गर्नुका साथै ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

जिल्लाको थवाङ्ग गाउँपालिका–३, मिरुल सिमसार गाउँका ३८ वर्षीय रामधन बुढाको घरमा लागु औषध अफिमको कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक सन्तोषकुमार केसीको कमाण्डमा खटिएको टोलीले ५ किलो एकसय ग्राम अफिम बरामद गरेको हो ।

प्रहरीले घरधनी रामधन बुढा र परिवर्तन गाउँपालिका–३, कुरेली दालमीका २६ वर्षीय सुकुलाल घर्तीलाई पक्राउ गरेको छ ।

प्रहरीले अफिमसहित विभिन्न वजनका ढक तराजुसमेत बरामद गरेको छ । प्रहरी निरीक्षक केसीका अनुसार रामधन बुढाको घरमा खानतलासी गर्दा हरियो रङको प्लाष्टिकको बोराभित्र कालो रङको प्लाष्टिकमा बाँधेर लुकाइराखेको अवस्थामा १३ पोकामा रहेको पाँच किलो एक सय ग्राम अफिम बरामद भएको हो । थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप