शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिभिन्न कार्यक्रम गरी रौतहटमा पनि मनाइयो १११ औं अन्तराष्ट्रिय महिला दिवस

सोमबार, २४ फागुन २०७७, २२ : ०५
सोमबार, २४ फागुन २०७७

रौतहट । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको अधार’ भन्ने मूल नाराका साथ १११ औ अन्तर्राष्ट्रिय महिला दिवस रौतहटमा पनि मनाइएको छ । जिल्लास्थित स्थानीय तहहरुले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सोमबार अन्तर्राष्ट्रिय महिला दिवस मनाएका हुन् ।

गौर नगरपालिकाको ब्यारेक फिल्डमा मूल समारोह आयोजना गरिएको थियो । गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा भएको मूल समारोहमा महिलाका क्षेत्रमा कार्य गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी यादवले पुरुषको सहभागिताले मात्रै महिला अधिकार सम्पन्न हुन सक्ने बताए । त्यसैगरी जिल्लाको मौलापुर,कटहरिया,चन्द्रपुर, राजदेवी,गरुडा,राजपुर लगायतका स्थानीय तहले आफ्नै नगर क्षेत्रमा दिवस मनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप