शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अब ओलीसँग मिल्ने सम्भावना समाप्त भयो : वामदेव गौतम

शुक्रबार, २८ फागुन २०७७, २२ : ११
शुक्रबार, २८ फागुन २०७७

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्ने सम्भावना समाप्त भएको प्रतिक्रिया दिएका छन् । ओलीद्वारा शुक्रबार गरिएको निर्णयहरूप्रति असन्तुष्टि जनाउँदै ओलीसँग मिल्ने सम्भावना समाप्त भएको गौतमले बताए ।

गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले ट्वीटरमा लेखेका छन्,  ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सम्भावना समाप्त भयो ।’ अदालतको फैसलाले एमाले र माओवादी ब्यूँतिएपछि एमालेमा ओलीले सबैलाई मिलाएर लैजानुपर्ने गौतमको मत थियो ।

तर, ओलीले शुक्रबार एकलौटी रुपमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेपछि गौतमले गम्भीर आपत्ति जनाएको बुझिएको छ । एमाले र माओवादी सम्मिलित नेकपामा विभाजन उत्पन्न भएयता गौतमले एकताका लागि जोड दिँदै आएका थिए । राष्ट्रिय पार्टी एकता अभियान सञ्चालन गरेर उनी प्रचण्ड माधव र ओली समूह दुबैमा नलागि तथष्ट बसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप