म्यानमारमा ६ सयभन्दा बढी प्रदर्शनकारी रिहा
बुधबार, ११ चैत २०७७, १५ : ०६
एजेन्सी । म्यानमारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सय भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’ कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई बताएका हुन् ।
म्यानमारमा सैनिक ‘कू’ शुरु भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख, दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक
-
विकार र विकृतिको समाधान समाजवाद: खनाल
-
जबलियामा इजरायली सेना र हमास लडाकुबिच भीषण संघर्ष
-
पाकिस्तान : बिजुली र आँटाको मूल्यवृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन, तीन जनाको मृत्यु
-
इन्डोनेसियाको ‘क्लासी मोडल इन्टरनेशनल’मा प्रवीणले नेपाल चिनाउने
-
मुम्बईमा होर्डिङ भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते