शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायी संघ तनहुँद्धारा गौचनको हत्यारालाई कारबाहीको माग

बुधबार, २५ असोज २०७४, ०९ : ५४
बुधबार, २५ असोज २०७४

तनहुँ - नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गत २३ गते दिनदाहाडै गोली प्रहार गरी हत्या भएको प्रति निर्माण व्यवसायी संघ तनहुँको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । 

संघका अध्यक्ष वसन थापाद्धारा मंगलबार हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत उक्त घट्नाको कडा शब्दमा भत्सना गरेको हो । 

दोषीलाई तत्काल पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न संघले जोडदार माग समेत गरेको छ । 

यसरी दिनदाहाडै गोली हानी हत्या गरिनुले देशको सुरक्षा व्यवस्था समेत फितलो भएको निर्माण व्यवसायीहरुले महसुस गरेको सो विज्ञप्तीमा उल्लेख गरिएको छ । 

साथै मृतक आत्मको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक श्रञ्द्धाञ्जली सहित समवेदना अर्पण गर्दछौ सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप