निर्माण व्यवसायी संघ तनहुँद्धारा गौचनको हत्यारालाई कारबाहीको माग
बुधबार, २५ असोज २०७४, ०९ : ५४
तनहुँ - नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गत २३ गते दिनदाहाडै गोली प्रहार गरी हत्या भएको प्रति निर्माण व्यवसायी संघ तनहुँको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष वसन थापाद्धारा मंगलबार हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत उक्त घट्नाको कडा शब्दमा भत्सना गरेको हो ।
दोषीलाई तत्काल पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न संघले जोडदार माग समेत गरेको छ ।
यसरी दिनदाहाडै गोली हानी हत्या गरिनुले देशको सुरक्षा व्यवस्था समेत फितलो भएको निर्माण व्यवसायीहरुले महसुस गरेको सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै मृतक आत्मको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक श्रञ्द्धाञ्जली सहित समवेदना अर्पण गर्दछौ सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
-
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
-
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण