प्रेमिकालाई बलात्कार गरेको आरोपमा प्रेमी पक्राउ
बिहीबार, ०२ वैशाख २०७८, १२ : २९
प्रेमिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेमीलाई पक्राउ गरेको छ ।
बुधवार राति हेटौंडा उपमहानगरपालिका–६ पुतली बजारस्थित खोलाको बगरमा प्रेमिका बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा घर भएका विशाल पासवानलाई पक्राउ गरेको छ ।
२१ वर्षीय विशाल कर्मचारी हुन् । उनी हेटौंडा स्थित एक सरकारी कार्यालयका अस्थायी कर्मचारी भएको बताइएको छ ।
गएराति साढे १० बजे ‘सामूहिक बलात्कार’ भएको सूचना पाएपछि घटनास्थलमा पुगेका मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले पासवानलाई पक्राउ गरेको हो । बलात्कृत प्रेमिका १८ वर्षभन्दा कम उमेरकी छिन् ।
वीरगञ्ज महानगरपालिका–२३ घर भई हेटौंडा बस्ने विशालबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू