भीमफेदी–कुलेखानी सडक जेठ २५ गतेसम्मका लागि बन्द
हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडक स्तरोन्नतिका लागि आजबाट बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि वैशाख १० गतेदेखि जेठ २५ गतेसम्मका लागि यातायात सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।
यसअघि निर्देशनालयले सो सडक विस्तारको कामका लागि २ महिनासम्म यातायात सेवा बन्द गरेर सडक विस्तारको काम गरेको थियो । हाल सो सडकमा स्लाब ढलान र पिच गर्ने काम भइरहेकाले यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार, कूल ३४ करोड बजेट विनियोजन गरी सो सडक खण्ड स्तरोन्नतीको काम गरीरहेको छ । १८ करोड रुपैयाँमा भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका र १६ करोड रुपैयाँ देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको निर्देशनालयले जनाएको छ ।
भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको तथा ढल तथा पर्खाल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको निर्देशनालयले जनाएको छ ।
छोटो दुरीका दुवै सडक खण्डमा यातायात सेवा बन्द भएपछि हेटौँडा हुँदै काठमाडौं जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।
सडक बन्द भएपछि सो सडक भएर सञ्चालन हुने यातायातका साधनहरु त्रिभुवन राजपथ तथा कान्तिलोकपथ भएर सञ्चालन भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण