भारतीय राजदूतावासलाई अशोक लेलैंडद्वारा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण
काठमाडौं । आइएमई मोटर्स अन्तर्गतको अशोक लेलैंडले भारतीय राजदूतावासलाई २ थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
राजदूतावासका अनुसार नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्र्तगत एम्बुलेन्स उपहार स्वरूप हस्तान्तरण गरिएको बताएको छ । दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुल बसहरु उपहार स्वरुप प्रदान गरेको हो ।
स्वास्थ्य सेवा, विशेषगरी आपतकालिन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्स उपहार स्वरूप प्रदान गरेको कम्पनीले जनाएको छ । राजदूतावासले भने सो एम्बुलेन्सहरू सहिद गंगालाल हृदय रोग केन्द्र बासवारी र धुलीखेल अस्पताललाई पुनः दिएको बताएको छ ।
आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित सानातिना ठुला कमर्सियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको अशोक लेलैंडले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण