लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
शनिबार, २३ जेठ २०८३, ११ : ५५
हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–६ लिमी सुनखानीको प्रहरी चौकी सात महिनापछि पुनः सञ्चालन भएको छ । चिसोका कारण बन्द भएको उक्त चौकी शुक्रबारदेखि सञ्चालन भएको हो ।
भारी हिमपात भएपछि मङ्सिरको पहिलो साता चौकी बन्द गरेर त्यहाँ कार्यरत प्रहरी जिल्ला प्रहरी कार्यालय फिर्ता भएका थिए ।
न्यालु लेकमा जमेको हिउँ पन्छाएर प्रहरी टोली लिमी पुगेको हो । प्रहरीले हिउँ पन्छाएपछि सर्वसाधारणको आवागमन सहज भएको छ । न्यालु नाका खुलेपछि लाप्चाबाट कैलाश मानसरोवरतर्फ प्रस्थान गर्ने यात्रीको चहलपहल क्रमशः बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण